भदौ १ शनिबार । यु ए ई स्थित दुबईमा रहेको सामाजिक संस्था नवलपुर सेवा समाज युएईले आउँदो भदौ ९ गते अर्थात् २५ अगष्टमा तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नवलपुर सेवा समाज युएईको आयोजना तथा लिलाक एचआर कन्सल्टेन्सीको मुख्य प्रायोजकमा उक्त तीज विशेष साँस्कृतिक कार्यक्रम दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लबमा २५ अगष्ट आईतबारका दिन सञ्चालन गर्न लागेको हो ।
त्यस्तै कार्यक्रमको संयोजकमा राजु भुसाल र सह आयोजकमा लक्ष्मी शर्मा रहनु भएको छ भने हरि डुम्रेले कार्यक्रम सञ्चालन गर्नुहुने भएको छ ।
नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा “विपन्न विद्यालय सहयोग अक्षयकोष निर्माणार्थ” भन्ने मुल उद्देश्यले कार्यक्रम आयोजना गरिएको नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुलीले जानकारी दिनु भयो ।
कार्यक्रममा रमेशराज भट्टराई र संझना लामिछाने मगरको लोक दोहोरीको साथमा सविता आले मगर र विन्दु पाण्डेको नृत्य तथा अर्जुन न्यौपानेको लोक भाका प्रस्तुत हनेछ भने साथमा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने अध्यक्ष पराजुलीले बताउनु भयो ।
हिमालय एअरलाईन्स ट्राभल पार्टनर रहेको छ भने कार्यक्रमलाई दुबईस्थित विभिन्न अन्य सामाजिक संस्थाहरुले पनि सहयोग तथा स्थानीय व्यवसायि कम्पनिहरुले प्रायोजन गरेका छन् ।
संस्थाले २५ अगष्ट आइतबारका दिन नेपाली सबैलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गरेको छ ।












