जातीय समता समाजको अध्यक्षमा सुनार

भालुबाङ ३ भदौ । जातिय समतासमाज राप्ती गाउँपालिकाको शनिबार सम्पन्न भेलाले हरिप्रसाद सुनारको अध्यक्षतामा ११ सदस्य पालिका स्तरीय समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा शंकर दमाई, सचिव अनुष्का बिक, सहसचिव गोकुल परियार, कोषाध्यक्षमा कल्पना सुनार चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा संगीता नेपाली, चन्द्र विक, रेणु परियार, सुमित्रा बिक, गीता सुनार र लक्ष्मी कामी चयन हुनुभएको छ भने सल्लाहकारमा शान्ति सुनार, कविराम विक र शान्ति विक रहनु भएको छ ।

जेष्ठ सदस्य कविराम बिकको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि तथा जातीय सम्पदा समाज लुम्बिनी प्रदेश सदस्य शान्ता सुनार, विशिष्ट अतिथि अखिल नेपाल बुद्धिजीवी संघको केन्द्रीय सदस्य केशवराज खनाल, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, राजमो राप्तिका कार्यवाहक अध्यक्ष बाबुराम थापा, अखिल नेपाल किसान महासङ्घका जिल्ला सदस्य विष्णु आचार्य, राजमो सदस्य एवं राप्ती गाउँपालिका कार्यकारी सदस्य चम्पा भुसाल, अखिल नेपाल शिक्षक संघ दाङ जिल्ला सचिव रामकृष्ण पौडेल, नेपाल शिक्षक संघ राप्ती गाउँपालिका उपाध्यक्ष माधव प्रसाद शर्मा, अखिल नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष माधवप्रसाद आचार्य, जातीय शब्द समाज जिल्ला सदस्य शंकर दमाई, राजमो राप्तीका सदस्य ताराप्रसाद भट्टराई, राजमो राप्ती वडा नं १ का सल्लाहकार ऋषिराम बस्नेत, अखिल छैठौं लक्ष्मी सुनार, जेष्ठसदस्य कृपा सिंह पुन, विनोद न्यौपाने र सिमे दमाई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

शहीदहरूप्रति एक मिनेट मौन धारण पछि शंकर दमाईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन होमप्रसाद आचार्यले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation