आइतवार, जेष्ठ ३, २०८३

DXN को विश्वव्यापी व्यवसाय विस्तार : स्वास्थ्य देखि नेटवर्क मार्केटिङसम्मको यात्रा

मलेसियाबाट सुरु भएको बहुराष्ट्रिय प्रत्यक्ष बिक्री कम्पनी DXN आज विश्वभर फैलिएको स्वास्थ्य तथा नेटवर्क मार्केटिङ कम्पनीको रूपमा परिचित बनेको छ ।

सन् १९९३ मा स्थापना भएको DXN ले विशेषगरी Ganoderma आधारित स्वास्थ्य उत्पादन मार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाएको हो ।

DXN का संस्थापक Dr. Datuk Lim Siow Jin हुन् । उनले स्वास्थ्यसम्बन्धी अनुसन्धान तथा Ganoderma च्याउको औषधीय गुणबारे अध्ययनपछि कम्पनी स्थापना गरेका थिए । कम्पनीले “One Dragon, One World, One Market and One Mind” भन्ने अवधारणासहित विश्वव्यापी व्यवसाय विस्तार गरिरहेको जनाएको छ ।

Ganoderma Coffee बाट विश्व बजारमा चर्चा DXN ले उत्पादन गर्ने Ganoderma Coffee, Spirulina, स्वास्थ्य सप्लिमेन्ट, टूथपेस्ट, स्किन केयर तथा विभिन्न घरेलु सामग्री अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेका छन् ।

कम्पनी विशेषगरी “Ganoderma Coffee” को कारण धेरै देशमा चर्चित बनेको हो ।

स्थापनापछि DXN ले छोटो समयमै सिंगापुर, मौरिसस, हङकङ, इन्डोनेसिया, ब्रुनाई लगायतका देशहरूमा व्यवसाय विस्तार गरेको थियो । त्यसपछि अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसिया तथा अफ्रिकी देशहरूमा समेत कम्पनीको नेटवर्क फैलिएको बताएको छ ।

नेपालसहित विश्वका १८० भन्दा बढी देशमा सञ्जाल :

कम्पनीका अनुसार DXN हाल १८० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ भने विश्वभर करोडौं सदस्य तथा वितरक आबद्ध छन् । नेपाल, भारत, संयुक्त अरब इमिरेट्स (UAE),कतार, साउदी अरेबिया, ओमान, कुबेत, बहराइन, बंगलादेश, श्रीलंका लगायतका धेरै भन्दा धेरै देशहरुमा DXN को नेटवर्क सक्रिय रहेको पाइन्छ ।

DXN को व्यवसाय Direct Selling तथा Multi-Level Marketing (MLM) प्रणालीमा आधारित छ । सदस्यहरूले कम्पनीका उत्पादन बिक्री गर्ने, नयाँ सदस्य थप्ने तथा नेटवर्क विस्तारका आधारमा बोनस प्राप्त गर्ने व्यवस्था रहेको छ ।

व्यवसायसँगै विवाद पनि :

DXN को व्यवसाय मोडललाई लिएर विभिन्न देशमा मिश्रित प्रतिक्रिया देखिने गरेको छ । समर्थकहरूले यसलाई स्वास्थ्य र आम्दानीको अवसरका रूपमा प्रस्तुत गर्ने गरेका छन् भने आलोचकहरूले MLM प्रणालीका कारण सावधानी अपनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन समुदायहरूमा DXN सम्बन्धी सकारात्मक तथा नकारात्मक दुवै प्रकारका बहस भइरहेका छन् । यद्यपि कम्पनीले आफू कानुनी रूपमा दर्ता भएको अन्तर्राष्ट्रिय direct selling company भएको बताएको छ ।

उत्पादनदेखि बजारसम्म आफ्नै नियन्त्रण :

DXN ले उत्पादन, अनुसन्धान, प्याकेजिङ तथा वितरण प्रक्रिया अधिकांश आफ्नै नियन्त्रणमा राख्ने नीति अपनाएको जनाएको छ। कम्पनीले Ganoderma खेतीदेखि अन्तिम बजारसम्मको व्यवस्थापन आफैं गर्ने रणनीति लिएको बताइएको छ ।

हाल DXN स्वास्थ्य, खाद्यपदार्थ, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा समेत विस्तार भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

विश्वव्यापी नेटवर्क विस्तार, स्वास्थ्य उत्पादन र प्रत्यक्ष बिक्री प्रणालीका कारण DXN आज अन्तर्राष्ट्रिय बजारमा चर्चित कम्पनीमध्ये एक बनेको छ ।

DXN COMPANY को बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

Contact Number : +971 526670614

Whatsapp Number : +971 526670614

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation