आइतवार, साउन १०, २०८३

लायन्स क्लब अफ राप्ति क्यापिटल, लायन्स क्लब अफ देउखुरी र लायन्स क्लब अफ चैतन्यको संयुक्त पदस्थापन समारोह सम्पन्न

दाङ, २०८३ साउन ९  लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एन अन्तर्गतका लायन्स क्लब अफ राप्ति क्यापिटल, लायन्स क्लब अफ देउखुरी तथा लायन्स क्लब अफ चैतन्यको संयुक्त पदस्थापन (Installation Ceremony) कार्यक्रम आज दाङको मौरिघाटस्थित चैतन्य पाठशालाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गभर्नर MJF लायन श्री टिकाराम चपाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर PMJF लायन नेत्रराज चटौत, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर MJF लायन चिन्तामणि ढिताल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी MJF लायन हरिहर बस्नेत, डिष्ट्रिक्ट सिनियर एक्जिक्युटिभ चिफहरू MJF लायन गोविन्दबहादुर अधिकारी, MJF लायन लव नरसिंह अधिकारी तथा MJF लायन युवराज थपलिया, गभर्नरका एम्बासडर लायन मधुसूदन वैद्य, एरिया नं. २ का एरिया चिफ लायन भरतराज देवकोटा, एरिया सेक्रेटरी लायन शरद अधिकारी, डिष्ट्रिक्ट चेयरपर्सन लायन शेषदत्त चौधरी, जोन चेयरपर्सनहरू लायन भास्कर पन्त र लायन होमप्रसाद शर्मा, विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
जोन चेयरपर्सन लायन होमप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ राप्ति क्यापिटलका वर्ष २०२६/२७ का अध्यक्ष लायन कृष्णराज पौडेल ले उद्घोषण गर्नुभएको थियो भने लायन्स क्लब अफ चैतन्यका अध्यक्ष ले सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्यद्वारा हार्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर PMJF लायन नेत्रराज चटौत ले लायन्स अभियानलाई समाज रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्न सेवा, नेतृत्व र उत्तरदायित्वलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ नेतृत्वले समुदायसँग सहकार्य गर्दै दिगो र प्रभावकारी सेवा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर MJF लायन चिन्तामणि ढिताल ले लायन्सको मूल भावना निस्वार्थ सेवामा आधारित रहेको उल्लेख गर्दै सदस्यहरूको सक्रिय सहभागिता, आपसी सहकार्य र अनुशासित नेतृत्वबाट मात्र संगठन थप सशक्त बन्न सक्ने बताउनुभयो । उहाँले नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सेवा नै लायन्सको वास्तविक पहिचान भएको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर MJF लायन टिकाराम चपाई ले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै पदस्थापन सम्पन्न गर्नुभयो । उहाँले डिष्ट्रिक्ट ३२५ एनको यस वर्षको मूल नारा “Serve to be Remembered” लाई आत्मसात् गर्दै सेवामार्फत समाजमा स्थायी र सकारात्मक छाप छोड्न सबै क्लबहरूलाई आग्रह गर्नुभयो । साथै उहाँले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक विकासका क्षेत्रमा तीनवटै क्लबले संयुक्त रूपमा नमूना कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा तीनवटै क्लबका नवनिर्वाचित पदाधिकारीहरूको औपचारिक पदस्थापन, पद तथा गोपनीयताको शपथ ग्रहण, सम्मान तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरू सम्पन्न भएका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation