नागरिकको शान्ति सुरक्षा दाङ प्रहरीको अभूतपूर्व सफलता एसपी वीरबहादुर वली

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुख हरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले प्रहरीले दिने सेवा नि:शुल्क हुनुपर्छ कसैले सेवा ग्राहीहरुसंग पैसा लिन्छ या दुव्र्यवहार गर्छ भने त्यो प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साथै अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्न दाङ प्रहरीले निरंतरता काम अघि बढेको बताए । दाङ जिल्लामा दैनिक रूपमा गुणात्मक तरिकाले बढिरहेका सवारी साधनहरुलाई अंकगणितका हिसाबले भर्ना गरिने ट्राफिक प्रहरी कर्मचारीहरुबाट उचित ध्यान दिन हम्मेहम्मे परिरहेको यथार्थ झल्काए ।

आवश्यक ट्राफिक प्रहरी कर्मचारीहरुको अभावको कारण नै सवारी साधनहरुको दुर्घटना न्यूनीकरणमा आशा गरिएको जति उपलब्धि हुन नसकेकोमा दाङ एसपी वलीले दुखेसो गरे । जेजस्तो अवस्थाबाट गुज्रिएर भएपनि ट्राफिक लगायत नेपाल प्रहरीले अहोरात्र खटेर देश तथा नागरिकको सेवा सुरक्षाको प्रत्याभूति दिन सकेकोमा नेपाल प्रहरी सङ्गठनका हिसाबले खुशी व्यक्त गरे ।

नेपाल प्रहरी आम नागरिकको सेवा सुरक्षार्थ तैनाथ एउटा छुट्टै गौरव र गाथा बोकेको संगठन भएकाले समाजका सबै तह तप्का वर्गका आम नागरिकहरुको साथ सहयोग प्राप्त भएमा मात्र लक्ष्य प्राप्ति गर्न सकिने औंल्याए नागरिकको शान्ति सुरक्षा, दाङ प्रहरीको अभूतपूर्व सफलता रहेको । पत्रकार सागर थापा संगको कुराकानीमा दाङका प्रहरी प्रमुख एसपी वलीले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation