बिहिबार, माघ २३, २०८२

सञ्चारकर्मीहरु सँग परिचयात्मक कार्यक्रम, जनता सँग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउँछु : प्रहरी निरिक्षक सिंह

भालुवाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल बहादुर सिंहले जनता सँग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउने बताएका छन् ।

केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाडौंबाट ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालय प्रमुखको रुपमा आएका प्रहरी निरिक्षक सिंहले बुधवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

पछिल्लो समय केहि उच्च पदमा रहेका प्रहरी तथा जवानबाट नागरिकहरुमा गरिने व्यवहारको आलोचना भइरहेका बेला प्रहरी निरिक्षक सिंहले भने आफुबाट नागरिकहरुलाई गरिने व्यवहारमा सुधार ल्याउने बताएका छन् । उच्च ओहोदाका व्यक्ति होस् या निम्न वर्गका व्यक्ति होस् म र मेरो संगठनले समान व्यवहार गर्ने उनले बचन वद्धता व्यक्त गरेका छन् ।

त्यस्तै उनले प्रहरीले गर्नुपर्ने कार्य कानुन बमोजिम गर्ने बताउँदै पत्रकारहरुले उठाएका समस्याहरुको सम्बोधन गर्ने बताएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरुले राप्ती गाउँपालिका क्षेत्रमा बढ्दो लागु औषध, चोरी, काठ तस्करी, सडक दुर्घटना, राप्ती नदी दोहन लगायतका विषयमा जानकारी गराएका थिए । प्रहरीलाई मिडियामैत्री बन्न सुझाव समेत दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation