शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलि दाङको देउखुरीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

दाङ ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी आइपुग्नु भएको छ ।

मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलिलाई स्वागत गर्नु भएको हाे । नेपाली सेनाकाे एनए०६७ हेलिकप्टर मार्फत आउनु भएको थियाे ।

आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नु भएको थियो ।

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation