मङ्लबार, माघ २१, २०८२

गढवा गाउँपालिकाद्वारा पहिलो चरणमा दुई सय जनालाई निशुल्क मोतिबिन्दुको शल्यक्रिया

गढवामा मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया हुने भएको छ । नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा पहिलो चरणमा दुई सय जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाकाले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ, आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङको संगको सहकार्यमा गढवा गाउँपालिकाले पहिलो चरणमा दुई सय जना मोति बिन्दु भएकाहरुको निशुल्क शल्यक्रिया गर्न लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको बिगतमा भएको सहमति बमोजिम गढवा गाउँपालिकामा आँखा जाँच कार्यक्रम/शिविर सञ्चालन गरि मोतिबिन्दुको शल्यक्रिया गर्न छनौट भएका बिरामीहरूलाई शिविर स्थलमा बोलाई शल्यक्रिया गरिने सहमति भएको गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

पहिलो चरणमा शिविर सञ्चालनबाट छनौट भएका विरामीहरु मध्ये बाट बढीमा दुई सय जनाको शल्यक्रिया गरिने र बाँकी अन्य लाई दोस्रो चरणमा समाबेश गरिने गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। गढवा गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गढवा गाउँपालिकाको बिभिन्न वडाहरुमा भएका मोतिबिन्दु भएका बिरामीहरूलाई निशुल्क शल्यक्रिया गर्ने कार्य गर्न लागिएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको मोतिबिन्दु बिरामीहरु लाई निशुल्क शल्यक्रिया गर्ने लिखित सहमतिमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले आगामी दिनहरूमा पनि सहमति र सहकार्य गर्दै बिभिन्न खालको शिविर सञ्चालन गर्ने सहमति भएको नेपाल नेत्र ज्योति संघ लमहीले जानकारी दिएको छ ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङको प्राविधिक सहयोगमा निशुल्क शल्यक्रिया कार्यक्रम हुने गढवा गाउँपालिकाकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation