आदर्श नमुना मावि सुचना प्रविधि विषयमा नेपालकै सर्वोत्कृष्ट, ९९% नतिजा ल्याउन सफल

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको श्री आदर्श नमुना माध्यमिक विद्यालयले सुचना प्रविधि विषय ( IT) मा नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।                                                                       

सिटिईभिटी बाट सम्बन्धन प्राप्त विद्यालयले सो विषय तर्फ पहिलो बर्षक‍ो दोस्रो सेमेष्टरमा सम्मिलित २७ जना परिक्षार्थी मध्ये २६ जना विद्यार्थी उत्तिर्ण गराई नेपालमै सर्वोत्कृष्ट नतिजा दिन सफल भएको विद्यालय प्रधानाध्यापक किरण पोख्रेलले दावी गरेका छन् ।                                                                                       

विद्यालयले सो नतिजा ल्याउन सफल भएको भन्दै विद्यालय प्रशासनले वर्तमान एवम् पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वर्तमान एवम् पुर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरु, राप्ती गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीहरु, शिक्षा शाखा प्रमुख, भौतिक निर्माण शाखा प्रमुख, मेहनती बिद्यार्थीहरु,परिश्रमी प्रशिक्षकहरु,सुचना प्रविधि विभाग प्रमुख लगायत बिद्यालय परिवारलाई प्रधानाध्यापक पोख्रेलले धन्यवाद दिएका छन् ।                               

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation