शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई साँढे तीन वर्ष जेल

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्दामा दोषी ठहर भएका छन् । घर्तीलाई जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले सोमबार साँढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनलाई ५० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडाध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । गाँजा भण्डारण गरेको आरोपमा लागूऔषध कसुरसम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध मुद्दा परेको थियो ।

दुई वर्षअघि नै झन्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई दुई वर्षअघि गाँजासहित पक्राउ गरेको थियो । मुद्दा विचाराधीन अवस्थामा छँदै घर्तीले गत वैशाखमा नेपाली कांग्रेसको तर्फबाट निसीखोला गाउँपालिकाको अध्यक्ष जितेका थिए ।

घर्तीको उम्मेदवारीकै समयमा पनि मुद्दाबारे चर्चा चलेको थियो । धरौटीमा छुटेकाले दोषी ठहर हुने सम्भावना नदेखेपछि टिकट पाएको उनीनिकट श्रोतले बतायो । घर्ती हाल फरार रहेको समेत स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation