शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पानीको मुहान सुख्खा भए पछि कोइलाबासमा खानेपानीको अभाव

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो ।

गर्मी सुरु हुँन नपाउँदै पौष महिना मै डिब बोरिङको मुल सुकेपछी खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । कोइलाबासका करिव १ सय २० घर परिवारलाई खानेपानीको समस्या भएको अध्यक्ष सिद्दिकीले बताउनुभयो ।

पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्या भएको होटल ब्यवसायी बताउँछन् । राप्तीको प्रवेश द्वारको रुपमा रहेको कोइलाबासमा खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसायलाई प्रत्यक्ष असर परेको देखिन्छ । अन्य प्रयोजनका लागि खोलाको पानी प्रयोग गर्न सकिन्छ तर खानको लागि खोलाको पानि खान योग्य नभएको स्थानीयहरु बताउछन् ।

खानेपानीको अभावको कारणले गर्दा कोइलाबासमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई समेत समस्या भएको शान्ति पुनर्स्थापना गृह काेइलाबासकि सिमा जिसीले बताउनुभयो । पानी अभाव हुँदा मुख्य गरी अस्पतालमा तथा विभिन्न संघ संस्थामा सरसफाई एवम् विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै सङ्क्रमणको समस्या हुने गरेको जिसीले बताउनुभयो ।

त्यस्तै वडाध्यक्ष खालिक सिद्दिकीले खानेपानी आपुर्तिको लागि छिटै नै वैकल्पिक मुहान खोजी गरी वडाबासीलाई खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation