आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरु नरहने

लुम्बिनी प्रदेश सरकारमा यस पटक राज्यमन्त्री नियुक्त नरहने भएका छन् । छिटोछरिता, मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् ।

संचारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री गिरीले छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले पनि पूर्णता पाउनेछ ।

यसअघि १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ मन्त्री रहेका लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर अब १० वटा मन्त्रालय बनाइने भएको छ । मुख्यमन्त्रीको कार्यालयसहित १० वटा मन्त्रालय रहने मुख्यमन्त्री गिरीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अमृत गिरीले दिएको जानकारी अनुसार यस पटक कुनै पनि सहायक मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त हुने छैनन् । आर्थिक मितव्ययी, पारदर्शी र सरल कामकाजका लागि सानो आकारको मन्त्रीमण्डल एक साताभित्र बिस्तार हुने गिरीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation