चितवन । भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् ।
शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् ।
स्वदेश तरकारी उत्पादनलाई प्राथमिकता नदिएर भारतीय तरकारीको आयात गरिएपछि स्वदेशी किसान मारमा परेको भन्दै किसानहरु विरोध जनाएका छन् । किसानहरुले भारतबाट तरकारी आयात भएपछि स्वदेशी बजारमा तरकारीले मूल्य नपाएको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेका छन् ।
यसबारे किसानहरुले सरकारलाई पटकपटक समस्या सुनाए पनि पटक्कै नसुनेको उनीहरुको गुनासो छ । साथै, स्वदेशी तरकारीलाई सरकारले प्रवद्र्धनमा सहयोग नगरेकोमा उनीहरुको दुःखेसो छ ।
बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन लेखिएको प्लेकार्ड र ब्यानर बोकेर किसानहरुले विरोध गरेका छन् ।