सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

माघ २९ र फागुन १ गते बस्ने भनिएको एमाले केन्द्रिय समिति बैठक स्थगित

काठमाडौँ ।  नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रिय समिति बैठक स्थगित गरेको छ ।

नेकपा एमालेको आगामी माघ २९ र फागुन १ गते हुने केन्द्रिय समितिको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको पार्टीका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरण बारे छलफल हुने रिजालको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation