मङ्लबार, माघ २१, २०८२

स्वर्गद्वारी प्रावि तथा गृहणी महिला आधारभूत विद्यालयको १७ औं वार्षिकोत्सब सम्पन्न

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत विद्यालयको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले शिक्षा मानव जीवनको सफलताको लागि र देश बिकाश तथा समाज विकासका लागि आधारभूत आवश्यकता भएकोले वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि राज्यको ध्यान जानुपर्ने र सोही अनुसारको लगानी हुनु पर्ने बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक सविता चौधरीले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । शिक्षिका सरिता खनालको स्वागत मन्तव्य र सहिद प्रति एक मिनेट मौनधारणबाट शुरु भएको समारोहमा विशिष्ट अतिथि वडा नम्बर १ का वडाध्यक्ष गेमबहादुर खड्का, शिक्षाप्रेमी ठाकुर प्रसाद आचार्य, सशस्त्र प्रहरी बल २९ नम्बर जिल्ला हेडक्वाटर भालुबाङका गणपति गोपाल प्रसाद श्रेष्ठ, शिक्षाप्रेमी बाबुराम थापा, राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बि क, नेपाल राष्ट्रिय मावि भालुवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर मरासिनी, लिटल एन्जल स्कूलका प्रधानाध्यापक शोभाकर भुसाल, नवप्रतिभा आधारभूत विद्यालय पाखापानीका प्रधानाध्यापक फर्सुराम आचार्य, बिद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेशचन्द्र रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षिका रेमा राणाको सञ्चालनमा सम्पन्न वार्षिक उत्सव समारोहमा बिद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय ओमप्रकाश क्षेत्री (सागर) का जीवन संगिनी विमला खत्रीलाई प्रमुख अतिथि विष्टले दोसल्ला ओढाई सम्मान गरेका थिए । सोहि समारोहमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शरदकुमार बस्नेत, ज्वालामाईगढ भालुवाङका तत्कालीन गणपति मन्दिप श्रेष्ठ तथा अक्षयकोष दाता पुलचोक निवासी बाबुराम थापालाई अक्षयकोष स्थापना गरे बापत सम्मान गरिएको थियो ।

सोहि समारोहमा राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी शिक्षाप्रेमी ठाकुरप्रसाद आचार्यले आफ्नी स्वर्गिय सुपुत्री उषा आचार्यको स्मृतिमा २५ हजार रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation