
काठमाडौं । गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जस अनुसार ग्यासको मूल्य प्रति सिलिन्डर १८०० रुपैयाँ र हवाई इन्धनको मूल्य प्रति लिटर १७० रुपैयाँ रहेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले गत १ फेबुरअरीमा पठाएको मूल्य अनुसार डिजेल पेट्रोलमा प्रति लिटर आठ रुपैयाँ मूल्य बृद्धी भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ । आईसीले मुल्यबृद्धी भएको सुची पठाए पछि निगमले सोही अनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाई छ ।
पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्नु परेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनु परेको निगमको भनाई छ ।