सिताराम परियार र सर्मिला अर्यालको अभिनय रहेको “सिन्दुर सिरैमा” बोलको म्युजिक भिडियो सार्वजनिक

लाइभ लोक दोहोरी तथा कार्यक्रम उद्घोषिका क्षेत्र बाट चर्चा परिचर्चा कमाउन सफल सर्मिला अर्यालको अभिनयमा रहेको पहिलो एल्बम “सिन्दुर सिरैमा” बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ ।

शिबराज शर्मा शिशिर को निर्देशन/शब्द अनि सिताराम परियार र रबिना परियारको स्वरमा रहेको यो भिडियोमा संगीत सिताराम परियारको रहेको छ ।

यो म्युजिक भिडियोमा सिताराम परियार, सर्मिला अर्याल लगाएतको अभिनय छ भने बिशाल परियारले छायांकन गरेको यो भिडियोको अनिल बिष्ट प्युठानिले सम्पादन गरेका हुन ।

शिबराज शर्मा शिशिरको “सिन्दुर सिरैमा” बोलको म्युजिक भिडियो मंगलबार बेलुका ७ बजे आलप स्टुडियो युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation