मङ्लबार, माघ २१, २०८२

‘मिलेर फालौँ भ्रष्टाचारको जालो: सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ अख्तियारले आज ३२औँ स्थापना दिवस मनाउँदै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३२औँ स्थापना दिवस ।  दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ । आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालय सहित आठवटा कार्यालय छन् ।

अख्तियारको केन्द्रिय कार्यालयले शनिबार दिवसका उपलक्ष्यमा सुशासन प्रतिको ऐक्यबद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि आयोगमा उजुरी गर्न आग्रह गरेको छ ।  शुक्रबार अख्तियारको हेटौँडा कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो ।

‘मिलेर फालौँ भ्रष्टाचारको जालो: सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नारा यसवर्ष तय गरिएको छ ।  हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ ।

तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको अख्तियारलाई नेपालको अन्तरिम संविधान, २०६३ ले पनि निरन्तरता दिएको थियो ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation