शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा

गढवा । महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले जनचेतना अभियान सञ्चालन गरेको छ ।

शनिबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले एक कार्यक्रमको आयोजना गरि महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले जनाएको छ ।

राप्ती क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी गीता न्यौपाने को अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र गढवा गाउँपालिका वडा नम्वर – ६का वडा अध्यक्ष बिरबहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

जनचेतना अभियान कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जिवनको लागि अत्यात्मिक शिक्षा पनि एक महत्वपूर्ण पाठ भएको जानकारी दिनु भयो ।  मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि सबै भेदभावहरुबाट माथि उठेर व्यवहारिक र वैज्ञानिक तरिकाले जीवन र जगतका विषयमा प्रवचन, प्रशिक्षण, मूल्य शिक्षाको प्रसारण र मेडिटेशनको परिक्षण गर्दै आध्यात्मिक, शैक्षिक पर्यटकहरुको आकर्षणको केन्द्र बनी पर्यटन क्षेत्रको विकास र विस्तारमा समेत टेवा पुर्याउँदै आएको भन्दै प्रशंसा गर्नु भयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर,देउखुरी साहित्य तथा सास्कृतिक मञ्चका अध्यक्ष हरी पोख्रेलले बोल्नु भएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, चेतनशिल महिला समाज केन्द्रकी शकुन्तला डिसि,मिर्मिरे लघुबित्त प्रवन्धक भरत कडायत, समाजसेवी कपिलदेव खनाल, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका उपसभापति शारदा पौडेल, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव लगाएतकाको उपस्थिति रहेको थियो । प्रमुख प्रशिक्षक ब्रह्माकुमारीज राप्तीक्षेत्रका सचिव राजयोगी शिवलाल महतारा रहनु भएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङको आयोजना तथा दाङ जिल्लाका १० वटै पालिकाहरुको समन्वयमा महाशिवरात्री पर्व २०७९ लाई भब्यताका साथ मनाउने कार्यक्रम तय गरेको ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङका प्रवक्ता राजयोग प्रशिक्षक माधव तिमिल्सेनाले जानकारी दिनुभयो ।

‘दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण’ भन्ने मुल नारा सहित यस विश्व विद्यालयले संस्थाको स्थापना दिवस ८७औं महाशिवरात्री महोत्सवका साथै लागू औषध विरुद्धको जनचेतना अभियानकै रुपमा संचालन गरेको प्रवक्ता  तिमिल्सेनाले बताउनुभयो ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङको आयोजना तथा दाङ जिल्लाका १० वटै पालिकाहरुको समन्वयमा महाशिवरात्री पर्व २०७९ लाई भब्यताका साथ मनाउने कार्यक्रम तय भएको  छ । ‘दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण’ भन्ने मुल नारा सहित उक्त विश्व विद्यालयले संस्थाको स्थापना दिवस ८७औं महाशिवरात्री महोत्सवका साथै लागू औषध विरुद्धको जनचेतना अभियानकै रुपमा संचालन गरिरहेको जनाएको छ ।  यस वर्षको महाशिवरात्री पर्वलाई लागूपदार्थ दुर्ब्यशनबाट मुक्त महाशिवरात्री मनाउनका लागि झाँकी र्याली प्रवचन माइकिङ, शिव दर्शन आध्यात्मिक चित्र प्रदर्शनी र पम्प्लेटिङ मार्फत जनचेतना फैलाउने, अभिप्रेरित गर्न लागिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङले जनाएको छ ।

जस अनुसार यही माघ २७ गतेदेखि फाल्गुण ५ गतेसम्म ७  दिवसीय दुर्ब्यशनमुक्त महाशिवरात्री सन्देश अभियान मार्फत  दाङ जिल्लाका दशवटै गाउँपालिका,नगरपालिका र उपमहानगरपालिकासंगको सहकार्य र स्थानीय प्रशासनको समन्वय सहजीकरमा विभिन्न स्थानमा सभा,कोणसभा औपचारिक एवं अनौपचारिक समारोह/कार्यक्रम गरिने  केन्द्रीय कोषाध्यक्ष एवं राप्ती क्षेत्रीय प्रमुख राजयोगीनी ब्रह्माकुमारी गीताले जानकारी दिनुभयो ।

ब्रह्माकुमारीज राप्तीका सचिव ब्रह्माकुमार शिवलाल महताराका अनुसार ७ दिवसीय महाशिवरात्री महोत्सव एवं लागूऔषध बिरुद्धको जनचेतना अभियानको शुभारम्भ माघ २७ गते बंगलाचुली गाउँपालिकाको सुधा माध्यमिक विद्यालय झुल्नेटा, २८ गते गढवा उधोग वाणिज्य संघको हल र ब्रह्माकुमारीज लालमटिया राप्ती गाउँपालिका २९ गते लमही शाखाको सभाहल, फाल्गुण १ गते राजपुर गाउँपालिकाको हल, २ गते दंगीशरण गाउँपालिकाको श्रीगाउ, बबई गाउँपालिका को हापुरे र शान्तिनगर गा.पा.को चिराघाट, ३ गते क्षेत्रीय कार्यालय तुलसीपुर र डांडापातु गीता पाठशाला, रावतगाउँ, बाँकी, ४ गते निमुवा सेवाकेन्द्र, नारायणपुर घोराही-१०  तथा ५ गते ब्रह्माकुमारीज घोराहीमा समापन गरिनेछ ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र गढवाकी प्रमुख ब्रह्माकुमारी यशोदा भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको  सहजीकरण ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङका प्रवक्ता राजयोग प्रशिक्षक माधव तिमिल्सेनाले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation