राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोश्रो उपाधी हाँसिल, खुसियाली मनाउदै आदर्श नमुना मा बि लालमटिया

देउखुरी । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोश्रो उपाधी हासिल गरे पछि आइतबार आदर्श नमुना मा बि लालमटियाले एक कार्यक्रम गरि खुसियाली आदान प्रदान गरेको हो ।

बिद्यालयका शिक्षक यादब आचार्यको अध्यक्षता तथा मीन बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता र बलराम ज्ञवालिको बिशिस्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

राप्ती गाउँ पालिका २ लालमटियामा रहेको गोर्खा बोर्डिङ स्कुलमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोश्रो उपाधी हासिल गरे पश्चात्  खुसियाली मनाइएको हो,” शिक्षक बुढाथोकिले भन्नुभयो ।”

सोही अवसरमा बोल्दै बिद्यार्थीहरुलाइ आगामी दिनमा थप हौसला मिलोस र अन्य बिद्यार्थीहरुलाइ पनि थप प्रेरणा अनि आत्मबल बढोस भन्दै शिक्षक जिबराज शर्माले शुभकामना तथा बधाई दिनु भएको थियो ।

भने उक्त कार्यक्रम को सन्चालन सोही बिद्यालयका शिक्षक कुमार पुन मगरले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation