
देउखुरी । घोराही उपमहानगर पालिका १ साइपुर निवासी स्वर्गीय हुकुमानन्द पन्तको सपना थियो सिवालय मन्दिर निर्माण गर्ने तर सपना पूरा नहुँदै उनको निधन भयो । तर उनको सपना छोराहरुले पूरा गरिदिएका छन ।
राप्ती गाउँपालिका वडा नम्बर ९ मा रहेको भद्राक्षी देबिको मन्दिर परिसरमा स्वर्गीय हुकुमानन्द पन्तका परिवारले आफ्नै लगानिमा सिवालय मन्दिर स्थापना गरेका छन । आज धार्मिक परम्परा अनुसार भगवान शिवको मुर्ती स्थापना गरिएको हो ।
स्वर्गीय हुकुमानन्द पन्तका श्रीमतीहरु हिमादेबी पन्त, भागिरथा पन्त छोराहरु चन्द्रराज पन्त, कृष्णकुमार पन्त, केशबराज पन्त, कमल कुमार पन्त र दिनेश राज पन्तले उक्त मन्दिर स्थापना गरेको स्व.पन्तका छोरा केशवराज पन्तले जानकारी दिएका छन ।
हिन्दु धार्मिक परम्परा अनुसार पुजा अर्चना गरि स्थापना गरिएको उक्त शिवालय मन्दिर आज देबिकोट धार्मिक तथा पर्यटन बिकास समितीका अध्यक्ष दुर्योधन पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।
स्वस्थानि व्रत कथा अध्याय ९ अनुसार सतिदेबिको बायाँ घुडा पतन भएको भन्ने जन बिश्वास रहेको उक्त भद्राक्षी देबिको मन्दिर राप्ती गाउँपालिकाको धार्मिक पर्यटकिय स्थल रहेको छ ।