मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सिसहनियाँमा विभिन्न कार्यक्रम गरि ११३ औं नारी दिवस मनाइयो

देउखुरी   दाङ देउखुरीको सिसहनियाँमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् लक्ष्मी महिला विकास सहकारी संस्थाको सहआयोजनामा दिवस मनाइएको छ ।

दिवसका अवसरमा हाजिरीजवाफ, सियो धागो, बेलुन बचाउने र घैंटा फोड प्रतियोगिता सम्पन्न भएका छन् । जस अनुसार हाजिरीजवाफ प्रतियोगितामा जनज्योती महिला समुह पहरुवा प्रथम, सिर्जनशील महिला समुह भानपुर दोस्रो र मिलन महिला समुह लठ्ठहवाले तेस्रो स्थान हासिल गरेका थिए ।

त्यसै गरि सियो धागो खेलमा लठ्ठहवा बाल समुहकी रुपिना चौधरी र अप्सना चौधरी प्रथम, जनज्योती महिला समुह पहरुवाकी सिता चौधरी र लक्ष्मी चौधरी दोस्रो तथा जागृती महिला समुह बड्का सिसहनियाँकी प्रतिभा चौधरी र निरुता चौधरीले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै बेलुन बचाउने खेलमा देउखुरी टुडे डटकमकी निशाकुमारी चौधरी प्रथम, सगरमाथा महिला समुहकी मंगला चौधरी दोस्रो र सिर्जनशील महिला समुहकी प्रेमा चौधरीले तेस्रो स्थान हासिल गरेका थिए । भने घैंटा फोड प्रतियोगितामा जागृती महिला समुह बड्का सिसहनियाँकी चिन्तुली चौधरीले प्रथम स्थान हासिल गरेका थिए ।

संस्थाकी अध्यक्ष कुशुम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख तथा संविधान सभा सदस्य सुशिला चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकारका लागि सवै श्रमिक महिलाहरु एक हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ की सदस्य सावित्री दमाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जिवनकुमारी जिसी, सर्वोदय मावि सिसहनियाँका शिक्षक हंशराज चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

संस्थाकी व्यवस्थापक पुर्णिमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शान्ति चौधरीले गरेकी थिइन् । यस्तै राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा पनि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरी दिवस मनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation