
भालुवाङ । राप्ती गाउपालिका १ पाखापानीमा रहेको पाखापानी क्रीकेट मैदानमा संचालन भएको देउखुरी व्यापी नकआउट टि – २० क्रीकेट प्रतियोगिता २०७९ को उपाधी आयोजक राप्तीद्वारले हात पारेको छ ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा राप्तीद्वार क्रीकेट फाउन्डेसनको आयोजनामा फाल्गुन १९ बाट राप्ती गाउँपालिका १ पाखापानीमा रहेको पाखापानी क्रीकेट मैदानमा संचालन भएको देउखुरी व्यापी नकआउट टि – २० क्रीकेट प्रतियोगिता २०७९ को फाल्गुन २६ गते आजको फाइनल खेलमा आयोजक राप्तीद्वार क्रीकेट फाउन्डेसन, लक्की स्टार क्रीकेट क्लबलाई १ विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लक्की स्टार क्रीकेट क्लबको टिमले १९.३ ओभर खेल्दै आफ्नो सम्पुर्ण विकेट गुमाएर मात्र १२३ रन बनायो ।
जवाफि १२४ रनको लक्ष्य पछ्याएको आयोजक राप्तीद्वार क्रीकेट फाउन्डेसनले १९.५ ओभरमा आफ्नो ९ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।
यस फाइनल खेलको म्यान अफ द म्याच हेमराज सुवेदी भए ।
तेस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि राप्तिद्वारका पुर्शोत्तम आचार्य भए । उनले नगद रु. २ हजार ६ सय पाँच प्राप्त गरे । त्यस्तै बेस्ट बलर राप्तीद्वारका सरोज अधिकारी भए, उनले नगद रु. १ हजार पाँच प्राप्त गरे र बेस्ट ब्याट्सम्यान लक्की स्टारका शरद पोख्रेल भए, उनले पनि नगद रु. १ हजार पाँच प्राप्त गरे ।
यो सङै बिजेता राप्तिद्वारले नगद रु. २२ हजार ५ सय (कर कट्टी गरेर) र उपविजेता लक्की स्टारले नगद रु. १५ हजार (कर कट्टि गरेर) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
भालुबाङ खानेपानी तथा उपभोक्ता समितीका अध्यक्ष हस्त बहादुर गुरुङको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रम समारोहमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा राप्तीद्वार क्रीकेट फाउन्डेसनका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद गुप्ताको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोहको विशिष्ट अतिथिमा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले गर्नु भएको हो ।
त्यस्तै कार्यक्रमको संचालन फाउन्डेसनका सचिब हेमराज अधिकारीले गर्नु भएको थियो ।