गढवा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो । बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ ।
निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि तोकिएको छ। यस अवधिमा विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रक्रिया पूरा गरी मतदान गर्न पाउनेछन् ।
आज दाङको गढवा बहुमुखी क्याम्पस गढवा, देउखुरी बहुमुखी क्याम्पस लमही र आदर्श ऐरावति बहुमुखी क्याम्पस लालमटियामा मतदान भैरहेको छ । गढवा बहुमुखी क्याम्पस गढवामा ११:३० बजे सम्मा लगभग ४२ प्रतिशत मतदान भएको छ। कुल १सय ७९ मतदाता संख्या रहेको गढवा बहुमुखी क्याम्पसमा यो समाचार तयार पार्दा सम्म छात्रा ५८ र छात्र १७ जनाले मतदान गर्नु भएको छ ।
यसैगरी, तिन वटै मतदान स्थलमा चुनावको चहलपहल बढीरहेको छ । यतिबेला मतदानस्थलमा विद्यार्थीहरु मतदानका ला पुगिरहेका छन् ।
विवादका कारण आज निर्वाचन गर्न नसकेको महेन्द्र बहुमुखी क्याम्पसले यही चैत्र ८ गते निर्वाचन हुँदैछ ।