
दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपाली ले २०४६ चैत्र २४ को जनआन्दोलनको महत्त्व अहिले पनि रहेको कुरा बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङको आयोजनामा लमहिमा भएको जनआन्दोलन दिबसको कार्यक्रम लाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । प्रतिगमन विरुद्ध संघर्श गरौ, गणतन्त्रको रक्षा गरौ, संघीयताको खारेज गरौ भन्ने नाराका साथ भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भन्नू भयो अहिले पनि प्रतिगमन को खतरा छ ।
राष्ट्रियता कमजोर भएको छ । राजाबादी र साम्राज्यवादीहरु देशलाइ पछाडी धकेल्ने प्रयत्न गर्दैछ्न । २०६२/०६३ को जनआन्दोलन का उपलब्धिका विरुद्ध आबाज उठिरहेका छ्न । त्यसैले अहिले पनि जनआन्दोलनको महत्त्वमा कमि आएको छैन । उहाले अर्को प्रसङ्गमा देशमा सरकारमा बस्ने दलहरु देश र जनता प्रती जिम्मेवार नबन्दा देशको अबस्था सधै कमजोर हुने गरेको कुरा बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरी का अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेम आचार्य, अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य दलबहादुर घर्ती, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला अध्यक्ष हरी थापा, अखिल नेपाल युबक संघ का जिल्ला उपाध्यक्ष लेखराज आचार्य, अखिल नेपाल शिक्षक संघ का जिल्ला अध्यक्ष रुमाल बसेलले मन्तव्य राख्नु भएको थियोे ।
जिल्ला सदस्य ठाकुर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिब बसन्त पौडेलले गर्नु भएको थियोे ।