प्रगतिशील पत्रकार संघ नेपालको अध्यक्षमा पोख्रेल

प्रगतिशिल पत्रकार संघ नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन चैत्र २४ र २५ गते बुटवलमा भएको सम्मेलनले श्याम पोख्रेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ । सम्मेलनले श्यामलाल पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समिति सहित ८ सदस्यीय सल्लाहकार चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा विनोद पाैडेल, महासचिव प्रकाश थापा, सचिवमा तारा प्रसाद शर्मा र गोपाल भट्टराई, कोषाध्यक्षमा प्रज्वल पहाडी चयन हुनु भएको छ भने सचिवालय सदस्यमा महेश रिजाल र सदस्यहरु तिलक गाउँले, नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शुक्र भण्डारी, जुमान सिंह केसी, हरि न्याैपाने, हरिकिशोर महतो, मोहन बेल्बासे, प्रकाश छन्त्याल, टंक अवस्थी, रमेश पौडेल, विनोद कुमार परियार, शंकर प्रसाद पोख्रेल, जितेन्द्र खत्री र एक स्थान रिक्त रहेको छ ।

त्यसैगरी वैकल्पिक सदस्यमा कुलदिप न्याैपाने, विशाल कार्की, सोमनाथ अधिकारी, रोशन दानी, अमीर बास्कोटा र तीन स्थान रिक्त राखिएको छ ।

सम्मेलनले सल्लाहकारमा रामनारायण सुबेदी, सुमन अधिकारी, बैरागी जेठा, ईश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य, शशि सापकोटा र डबल बोगटी चयन हुनु भएको छ ।

सम्मेलनले संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन र बुटवल घोषणापत्र पारित गर्नुका साथै विधान संशोधन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation