काठमाडौं । नेकपा एमालेले असई हत्याका अभियुक्त लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको छ ।
एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरणमा कोइरीको नाम उद्योग समितिमा सिफारिस गरेको छ । उनको नाम अब बस्ने प्रतिनिधिसभा बैठकले अनुमोदन गर्नेछ ।
महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।
फरार रहेका कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद बिहीबार सचिवालयलाई पत्र लेखेका थिए । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
असई विकको हत्या अभियोगमा उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएयता पनि फरार रहेका कोइरी प्रतिनिधिसभाका २५ बैठकमा अनुपस्थित छन् । #हाम्राकुरा बाट