बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकामा भाेलीकाे शहर सम्बन्धी कार्यशाला तथा विपदबाट सुरक्षित पत्रमा हस्ताक्षर

देउखुरी । दाङको राप्ती गाउँपालिकामा बिहीबार भाेलीकाे शहर सम्बन्धी कार्यशाला तथा विपदबाट सुरक्षित भाेलीकाे राप्तीका लागि सहमति पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका,गढवा गाउँपालिका,अर्घाखाँचीकाे सितगंगा नगरपालिका र भाेलीकाे शहर परियोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान टाेली बिच साे सहमति पत्रमा हस्ताक्षर भएको हाे ।

पत्रमा अनुसन्धान टाेलीकाे तर्फबाट प्राेफेसर जाेन म्याक्लाेस्की र पालिका तथा नगरपालिकाको तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यम नारायण पाेख्रेल र सितगंगा नगरपालिकाका नगर प्रमुख छविराज पाैडेलले हस्ताक्षर गर्नु भएको छ ।

त्यस्तै उक्त पत्रमा प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले पनि हस्ताक्षर गर्नु भएको छ।

कार्यक्रम प्रदेश पूर्वाधार विकास प्राधिकरणका र भाेलीकाे शहर परियोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान टाेलीकाे आयोजनामा सम्पन्न भएको थियो ।

उक्त अनुसन्धान कार्यक्रम राप्ती लाई व्यवस्थित रुपले विकास गर्ने क्रममा भविष्यमा आई पर्न सक्ने प्रकाेपहरु र विपदबाट सुरक्षित हुने गरि विकास गर्न शहरीकरण भई रहेको क्षेत्रमा जाेखिम न्यूनीकरण गर्ने, शहरको बहुजाेखिम परिदृश्यहरुकाे वैज्ञानिक ढङ्गले अध्यन, विश्लेषण गरेर त्यस बमोजिम योजना तय गर्ने तथा शहरमा आर्थिक रुपमा विपन्न समुदायकाे जाेखिम न्यूनीकरण गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व भाैतिक पुर्वाधार मन्त्री इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीकाे सितगंगा नगरपालिकाका जनप्रतिनिधि, परियोजनाका विज्ञ सदस्यहरू, सराेकारवालाहरु तथा पत्रकारहरुकाे सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation