देउखुरी । देउखुरीको फल्कापुरमा दुई बस एक आपसमा ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन ।
लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका ३ फल्कापुरमा बस एक आपसका ठोक्किएर दुर्घटना भएको हो । बिरगंजबाट तुलसीपुर जादै गरेको ना ५ ख ४८९८ नम्बरको बस र लमहीबाट सिसहनियाँ तर्फ आउदै गरेको लु २ ख ७८५ नम्बरको माइक्रोबस आज बिहान करिव ५ः३० बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बिरगंवबाट तुलसीपुर जादै गरेको बसमा बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार रहेका थिए । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।
घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।











