
देउखुरी । राष्ट्रिय स्वतन्त्र पार्टी राप्ति गाउँपालिकाले वडा नं २ को वडा भेला, संगठन बिस्तार, पार्टी सदस्यता बितरण सहित धन्यवाद ज्ञापन कार्यक्रम गर्ने भएको छ ।
यहि जेठ १३ गते शनिवारका दिन बिहान एघार बजे राप्ती गाउँपालिका वडा नं २ लालमटियामा रहेको कालिका सामुदायिक बनको भवनमा उक्त कार्यक्रम हुन लागेको राप्ती गाउँपालिका संगठन बिभाग प्रमुख मोहन आचार्यले बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी राप्ति गाउँपालिकाको आयोजनामा हुन गई रहेको कार्यक्रममा हाम्रोलाई हैन राम्रोलाई छानौँ भन्ने मुल नाराका साथमा देशमा भएको भ्रष्टाचारको अन्त्य र आमूल परिवर्तन ल्याउनका लागि हातेमालो गरेर अघि बढौँ भन्दै वडा बासी तथा राप्ती बासिलाई उपस्थितिको लागि अपिल समेत गरेका छ्न ।