मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाद्वारा विकास निर्माणका याेजनाहरुकाे अनुगमन तिब्र

देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका भित्र संचालनमा रहेका विभिन्न विकास निर्माणका याेजनाहरुकाे अनुगमन कार्यलाई तिब्र पारेको छ ।

ठेकेदार पक्ष तथा उपभोक्ता समितिले सम्झौता गरेको समय सिमा भित्र काम गरे नगरेको र कामकाे गुणस्तर भए नभएको हेर्न अनुगमन थालिएको गाउँ पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयाेजक कमलापती चाैधरीले बताउनु भएको छ ।

विकास याेजनाकाे काम ताेकिएकाे समयमा नै सम्पन्न हाेस् भन्ने उदेश्यले पालिकाले बेलाबेलामा अनुगमन गर्नु पर्ने उपाध्यक्ष चाैधरीले भनाइ छ ।

यसै बीच साेमबार पालिकाकाे वडा नम्बर नाै मा संचालित विभिन्न विकास निर्माणका याेजनाहरुकाे अनुगमन गरिएको छ ।

वडाको साेती टाेलामा निर्माणाधीन साेलार लिफ्टटिङ् सिचाइ याेजना,भद्राक्षी देवी प्राथमिक विद्यालय सितलडाँडाकाे खेलमैदान निर्माण याेजना, माध्यमिक विद्यालय रुपाकाेटकाे पक्की विद्यालय भवन तथा शाैचालय निर्माण याेजना, वडा नम्बर ९ काे कार्यलयमाकाे वरिपरिकाे पर्खाल निर्माण, सिम्ले खानेपानी ट्याङ्की मर्मत याेजना लगायतका विकास निर्माण कार्यहरुकाे अनुगमन गरिएको छ ।

अनुगमनमा वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर, अनुगम समितिका सदस्यहरु रण बहादुर पुजाली, चम्फा भुसाल, सब- ईन्जिनियर प्रदिप वैधिक, मान बहादुर जिसी, खानेपानी सहायक प्राविधिक गीता चाैधरी र नामसालिङ्ग विकास केन्द्रका फिल्ड संयाेजक धर्म यादव लगायतकाे सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation