दाङ । राजपुर गाउँपलिका-२ मा रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा सिस्ने अनलाइनका पत्रकार एवम् विद्यालयका सुचना अधिकारी श्रवण कुमार यादव माथी कुटपिट भएको छ ।
पिडित यादवले दिएको जानकारी अनुशार आज दिउँसो १ बजेको समयमा राजपुर गाउँपालिका-२ बेलाका स्थानीय आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयको मुख्य द्वारको ताला फोडेर विद्यालय परिसरमा प्रवेश गरि हेड सर खै भन्दै सोधपुछ गरे, हेड सर विद्यालयमा नभएपछि अन्य शिक्षकहरुलाई गाली गलौच गर्न शुरु गरे । लगत्तै त्यहाँ भएका अभिलेख बोर्ड तोडफोडमा उत्रिएका थिए ।
अधिकारी र कार्कीले विद्यालयकी शिक्षिका राधा खनाल माथी पनि हातपात गर्न खोजेका थिए, त्यति बेला मैले भिडियो गराउन लागेको देखेर मोबाईल खोसेर लगे अनि म र शिवदेब यादवलाई कुटपिट गरे’- यादवले भने । गुण्डागिरी शैलीमा विद्यालय भित्र प्रवेश गरि विध्वंस मच्याई रहेका बेला विद्यालयका अन्य स्टाफहरु र विद्यार्थी जम्मा भएपछि उनिहरु ढुंगा मुढा गर्दै निस्किएका थिए ।
अधिकारी र कार्कीले आफुहरुलाई के कति कारणले आक्रमण गरे आफुहरुलाई कुनै जानकारी नभएको शिक्षक यादवले बताए । पिडितहरुले अनाहकमा विद्यालयमा प्रवेश गरि आफुहरुमाथी आक्रमण गर्नेहरुलाई पक्राउ गरि कानूनी कारबाही गर्न जोडदार माग गरेका छन् ।