शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सेयरबजार झन् झन् ओरालोतर्फ, ७४ करोडको मात्रै कारोबार

सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ११.४६ र सेन्सिटिभ सूचक २.१० अंकले घटेको हो ।  योसँगै नेप्से १९२६.२८ विन्दुमा झरेको छ । आइतबार २२१ कम्पनीको कारोबार भएकामा २५ लाख २४ हजार कित्ता मात्रै सेयर बिक्री भएको छ ।

यो भनेको ७४ करोड ७२ लाखको सेयर कारोबार हो ।

पहिलो दिनको कारोबारमा आइतबार सबै उपसूचक राताम्य हुनपुगेका छन् । योसँगै २६ वटाको सेयर बढे पनि १५६ वटाको घटेको छ भने ७ वटाको उही मूल्य कायम छ ।

आज कमाउनेले ४.५६ प्रतिशत र गुमाउनेले ५.३७ प्रतिशतसम्म नाफाघाटा व्यहोर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ९५ लाखको सर्वाधिक कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation