
काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ । साताको अन्तिमदिन १५.३७ अंकले घटेको हो ।
नेप्से इन्डेक्स २ हजार ४८ अंकमा झर्दा ४ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार १ करोड ८५ लाख कित्ता सेयर दोस्रो बजारमा खरिद-बिक्री भएको छ ।
कारोबार भएको १७ मिनेटमा बजार बढेर २०७४ अकंमा पुगेको थियो। तर त्यसपछि लगातर गिरावट भयो। ४९ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ ।
बढी आम्दानी गर्ने कम्पनीमा धौलागिरी लघुवित्त, सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त संस्था, कर्णाली डेभलपमेन्ट बैंक छन ।
सबैभन्दा बढी गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावरको कारोबारमा नकरात्मक सर्किट लागेको छ ।
गोर्खा फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु, गुरास लघुवित्त वित्तसंस्था लगायत रहेका छन ।