Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ देउखुरीको आकासमा प्याराग्लाइडिङको उडान सफल, अब ब्यवसायिक उडानको तयारी

देउखुरी १५ मंसिर । दाङमा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती गाउँपालिका – ९ देविकोट चुचुरोबाट प्यारा ग्लाइडिङको परिक्षण उडान सफल भएको हो ।

बाबु एडभन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवार सहित ३ जना पाइलटले पहिलो चरणमा परिक्षण उडान भरे । त्यसपछि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, महिला नेतृ दिलकुमारी रोका, रिडि राप्ती एग्रो प्रालिका अध्यक्ष मानबहादुर बुढा मगर र पत्रकार गोविन्द खड्काले उडान भरे ।

पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ प्याराग्लाइडिङको उद्घाटन गरिएको हो । देवीकोटबाट उडान गरिएको प्याराग्लाइडिङको ल्याण्डिङ राप्ती गाउँपालिका ४ सुन्दरपुरमा गरिएको थियो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा प्याराग्लाइडिङको उद्घाटन गरेका हुन् । राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएको छ ।

रिडि राप्ती एग्रो प्रालिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा रिसोर्टको शिलान्यास गरिएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation