बिहिबार, माघ २३, २०८२

बैशाख १ गतेदेखि भालुबाङमा शिव महापुराण महायज्ञ सञ्चालन हुँदै

देउखुरी २७ चैत । बैशाख १ गते देखि भालुवाङमा ११ दिने शिव पुराण महायज्ञ संचालन हुने भएको छ ।

राप्ती गाउँपालिका वडा नं १ मा अवस्थित भालुवाङ शिवालय पर्यटन विकास संरक्षणको प्रांगणमा बैशाख १ गतेदेखि ११ गतेसम्म शिव पुराण महायज्ञ संचालन हुने भएको हो । भालुवाङ निवासी जुगलाल पोख्रेल तथा हुमादेवि पोख्रेलको स–परिवारबाट ११ दिन शिव पुराण महायज्ञ संचालन गर्न लागिएको हो ।

पोख्रेल परिवारको आयोजना र भालुवाङ शिवालयको सह–आयोजनामा भालुवाङ शिवालयमा संचालन हुने शिव पुराण महायज्ञ संचालन गर्न राम प्रसाद उपाध्याय अधिकारीको संयोजकत्वमा विभिन्न संघ संस्थासहित १५१ जनाको मुल समिति गठन गरिएको जगत पोख्रेलले बताउनु भयो । महायज्ञलाई व्यवस्थित गर्न विभिन्न ११ बटा उपसमिति समेत गठन गरि कार्यविभाजन गरिएको मुल समितिका संयोजक राम प्रसाद उपाध्याय अधिकारीले बताउनु भयो ।

यस क्षेत्रको धार्मिक क्षेत्रको विकास गर्ने र सकारात्मक सोंचको विकास गर्ने उद्देश्यले सन्त श्रीकृष्ण शरणको मुखारविन्दुबाट संगितमय भजन, कृतन एवं प्रवचन सहितको शिव महापुराण पारायण एवम् लक्ष्य होम महायज्ञ संचालन हुने पोख्रेलले बताउनु भयो । उक्त शिव पुराणबाट संकलित भेटी तथा दानबाट शिव मन्दिरमा धर्मशाला निमार्ण तथा पुल्चोकको माथि डाँडामा हिमालय पर्वत सहित शिवपार्वतीको प्रतिमा निमार्ण गर्ने लक्ष्य लिइएको पोख्रेलले बताउनु भयो ।

शिव महापुराण महायज्ञमा ५,१०० देखि १० हजारसम्म स्वइच्छा दान गर्ने भक्तजनहरुलाई संस्थाको तर्फबाट शिवालेखमा नाम सहित सम्मान तथा प्रमाण पत्र प्रदान गरिने मुल समितिले जनाएको छ । त्यसैगरी १५ हजारदेखि २५ हजारसम्म स्वइच्छा दान दिने लाई शिवालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा सम्मान प्रमाण पत्र, २५ हजार एक देखि ५० हजारसम्म स्वइच्छा दान दिनेलाई शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा प्रमुख वाचकबाट सम्मान र प्रमाण पत्र प्रदान गरिने छ ।

यसैगरी शिलालेखमा १ लाख भन्दा माथि स्वइच्छा दान गरेमा शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा प्रमुख वाचकबाट सम्मान र सम्मान प्रमाण पत्र र बाजागाजा सहित बजार परिक्रमा गराइने मुल समितिले जनाएको छ ।

कार्यक्रम :

कलश यात्रा : २०८१ साल बैसाख १ गते बिहान ८ बजे
उद्घाटन : बैसाख १ गते बिहान ११ बजे
मुल पाठ : बिहान ७ः३० बजेदेखि बिहान १० बजेसम्म
कथा प्रवचन एवं भजन कृतन दिउँसो ११ः३ ० बजेदेखि ३ः३० बजेसम्म
कहात्मा कथा एवं सन्ध्याकालिन भजन, कृतन, झाकी बेलुका ७ः३० देखि १० बजेसम्म
गंगा आरती : हरेक दिन साँझ ७ः३० बजे
विशेष ब्रतवन्ध : बैसाख ६ गते
दिप प्रज्वलन, तुला दान : बैसाख ११ गते
प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म भण्डारा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation