देउखुरी ६ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका दाङकाे आयोजना तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनर्स्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे प्राविधिक सहयोगमा बिहीबार गाउँपालिकाकाे सभाहल मसुरीयामा शिविर सम्पन्न भएको हाे ।
शिविरमा ४५ जना १८ वर्षसम्मका शारिरीक अपांगता भएका बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे थियो ।
त्यस्तै २ जनालाई ह्युलचियर र ३ जनालाई बैषाखी प्रदान गरिएको थियो भने ९ जनालाई कृतिम अंग र सहायक सामाग्री प्रदान गर्नका लागि नाप लिइएको छ ।
त्यस्तै शिविरमा २ जना बालबालिकाकाे खुट्टाको प्लास्टर गरिएको थियो भने ३ जना बालबालिकालाई शल्यक्रिया गर्नका लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा रिफर गरिएको छ ।
रिफर गरिएका खुट्टा, हात र अन्य शारिरीक समस्या भएका बालबालिका रहेका छन ।
शिविरमा स्वास्थ्य सेवा लिन आएका बालबालिकाहरुकाे फिजियाेथेरापी गरिनुका साथै नि:शुल्क औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको परामर्शकर्ता लेखनाथ आचार्यले जानकारी दिनुभयो ।
डाक्टर निरन्जन थापा, फिजियाे थेरापिष्ट गंगा शाक्य, प्रक्टिस नर्स शशिकला महत, फिजियाे टेक्निसीयन पार्वती अधिकारी, सहायक सामग्री विशेषज्ञ श्याम दाहाल लगायतले शिविरमा सहभागी बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गर्नुभएको थियोे ।
साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत लगायतको उपस्थिति रहेको थियो ।