बुधबार, कार्तिक २०, २०८२

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

मसुरीया ६ माघ । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहलमा मसुरीयामा शुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हाे ।

अधिवेशनकाे पहिलो बैठकले आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले प्रस्तुत गर्नुभएको “गाउँपालिकाको आर्थिक ऐन २०८१” को संशोधित प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभएको छ ।

त्यस्तै सभाको शून्य समयमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, गाउँसभा सदस्य वीर बहादुर चाैधरी, दिपक कुमार चाैधरी, भुपलाल थापा मगर र बलिराम चाैधरीले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राख्नु भएको थियो ।

अधिवेशनको दाेस्राे बैठक पुनः माघ २२ गते बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव नेब बहादुर ओलीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation