राजमो निकट अखिल नेपाल महिला संघ घोराहीले मनायो ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दाङ । राजमो निकट अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितीको आयोजनामा घोराहीमा ‘महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य र सामाजिक न्यायको पक्षमा संघर्स गरौं’ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

अखिल नेपाल महिला संघ घोराही नगर अध्यक्ष हिरा खनालको अध्यक्षता, अखिल नेपाल महिला संघ घोराही नगर सदस्य रजनी परियारको स्वागत मन्तब्य र अखिल (छैंठौ) जिल्ला कोषाध्यक्ष सुनिता आचार्य (पाण्डे)को सञ्चालन सहिद प्रति एक मिनेट मौनधारण गरी कार्यक्रम शुरु भएको थियो ।

त्यसैगरी राजमो जिल्ला सदस्य कृष्णा राणाले राजनीतिक, सामाजिक र आर्थिक रूपले पनि महिलाहरु समाजमा अब्बल वा सक्षम हुन आवश्यक छ । महिलालाई अधिकार ३३% होइन ५०% अधिकार चाहिन्छ भन्नु भयो । महिलालाई अधिकार व्यवस्था आयो तर अवस्था अझै आएको छैन । अखिल नेपाल महिला संघ दाङ जिल्ला सहसचिव उमकला खनालले महिला दिवसलाई सम्बोधन गर्दै महिलाहरुले जुन सम्मान समाजमा पाउनु पर्ने थियाे त्यो सम्मान अझै पाउन कठिन नै रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जनप्रतिनिधि स्वर्गद्वारी नगरपालिका प्युठानकी देवा पोख्रेलले महिलाहरुले आफ्नो हकहितको सम्पुर्ण श्रमजीवी महिलाहरु एकताबद्ध हुन आवश्यक छ भन्नुभयो ।

त्यसैगरी राजमो जिल्ला सदस्य सुशील पोखरेल, अखिल नेपाल किसान महासंघ दाङ जिल्ला सचिव मनिराम खनाल, जातिय सम्तासमाज जिल्ला सचिब बलदेव विक, सदस्य पोषण नेपाली, जिल्ला समन्वय समिति प्युठान सदस्य खुमा अधिकारी र अखिल (छैंठौ) सचिब दिनेश रैदास लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation