सोमवार, कार्तिक २५, २०८२

तिनदिने हेफर आधारशिला तालिमको सुरु

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तिन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना परियोजना ब्यवस्थापन तथा अनुगमन समितिका लागि “तिनदिने हेफर आधारशिला तालिम”को आयोजना गरिएको ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी संस्थापक अध्यक्ष आसमानी चौधरीले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु उद्यमशिलता परियोजनामा २०७९ पौष २६ गते हस्ताक्षर भएको हो ।

कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन हेफर परियोजनाले निकै महत्वपूर्ण भुमिका खेल्ने र गढवा गाउँपालिकाले आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

तालिममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गढवा गाउँपालिकाका विभिन्न कृषि, पशु, सहकारी शाखा लगायतका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको छ ।

तालिम तिन दिन सम्म चल्ने र कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना परियोजना ब्यवस्थापन तथा अनुगमन समितिका तालिमको आयोजना गरिएको र हेफर प्रोजेक्ट र गढवा गाउँपालिकाको साझेदारी कार्यक्रम संयोजक बसन्त शर्माले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation