सोमवार, कार्तिक २५, २०८२

प्रहरी निरीक्षक श्रेष्ठको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

देउखुरी १ जेठ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई लमही नगरपालिकाले फेरि भेटौला कार्यक्रम मार्फत विदाई गरेको छ ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि प्रहरी निरीक्षक श्रेष्ठलाई नगर प्रमुख जोगराज चौधरी मायाको चिनो सहित फेरि भेटौला भन्दै विदाई गर्नु भएको हो ।

लमही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, प्रेस सल्लाहकार लिला शाह लगायतले शुभकामना दिनु भएको थियो ।

फेरि भेटौला कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation