बिहिबार, कार्तिक २१, २०८२

बाँके ट्राफिक प्रमुख शाह साईकल यात्रुको सुरक्षाका लागि रातीमा टल्किने स्टिकर टाँस्ने अभियानमा ब्यस्त

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिइएको छ ।       

सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले मदन चोक चिसापानी चोक लगाएतको स्थानहरुमा साइकल अटो ट्याक्टर मोटरसाइकल स्कुटी लगाएतको सवारी साधनहरुमा बाँके ट्राफिक प्रहरीले रातिमा टल्कने स्टिकर लगाउनुको साथै विभिन्न चोकहरुमा ट्राफिक चिन्ह टल्कने स्टिकर लगाएको थियो ।   

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले सम्पूर्ण सवारी साधन र विशेष गरि साइकल चलाउदा ध्यानदिनु पर्ने बताए ।   

बजार क्षेत्रमा बिभिन्न उद्देश्य संगै कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य सवारिसाधनहरूमा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।                                                                 

सडकमा बत्ति नभएको ठाउँमा साइकलको यात्रा जोखिमयुत्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियानलाई निरन्तरता दिइएको र बाँकेमा चिसो र हुस्सुले केही पनि नदेख्ने भए पछी ट्राफिक प्रहरीले यो अभियान चालेको हो । अब यस्तो अभियान बाँके जिल्लाभर गर्ने बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिए ।                                                                                               

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation