बिहिबार, कार्तिक २१, २०८२

आफ्नो कार्यकाल सकुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद : मुख्यमन्त्री कुलप्रसाद केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पन्न भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

यस्तो कुरा मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि पूर्णरुपले लागि परेको बताउँदै आफ्नो कार्यकाल सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भन्नुभयोः–“मैले २०७८ साल साउन २८ गते नेतृत्व लिएको थिए, प्रदेशबासी जनताको हितमा काम गरियो, यो काम गर्नका लागि मलाई जसरी सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद छ । आगामी दिनमा सरकारको काम कार्यलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी कार्यकाललाई सफल बनाउनको लागि सहयोग गर्ने प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रदेश प्रमुख सचिव, सचिव, सचिवालयको टिमलाई धन्यवाद व्यक्त गर्दछु । ”           

मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल निर्विवाद रुपमा कार्य सम्पन्न हुनुनमा सबैको योगदानले भएको बताउँदै त्यसका लागि सबैले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा प्रदेश सभाले गरेको निर्णयले गर्दा राजधानी कार्यन्वयलाई साकार पारेको बताउँदै भन्नुभयोः–“ हामीले युगमा एक पटक इतिहास निर्माण गरेको छाैँ, हरेक मानिसलाई इतिहास रच्ने एक दिनको पनि एक सेकेन्ण्डमा अबसर प्राप्त हुन्छ त्यो हामीले पूरा गरेका छौँ यो सबैको योगदानले सफल भएको छ यसलाई आगामी दिनको सरकारले बचाई राख्नेछ । ”

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री कुलप्रसाद केसीले आफूले राजनीतिक पुजी कमाएको बताउँदै त्यसकारण अझै जनताको सेवा गर्ने उर्जा मिलेको बताउँदै आगामी दिनमा पनि जनताको सेवा गर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश र प्रदेशबासीको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम प्रखुम सचिव डा. दिपक काफ्ले मुख्यमन्त्रीको कार्यकाल कुशलता पूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै उहाँको कुशल अभिभावक पाएको बताउँदै आगामी दिनमा पनि राजनीतिक यात्राको सफलताको कामना गर्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेशको हितमा काम गर्नका लागि अहोरात्र लाग्नुभएको सकारात्मक परिणाम देखिने गरी जनताले अनुभूति गरेको बताउनुभयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको निकै उच्च विचार रहेकोले आगामी दिनको पनि अभिभावकत्व पाउने आशासहित फेरी जनताको सेवामा समर्पण हुनका लागि अनुरोध गर्नुभयो ।

२०७३ साल फागुन ३ गते स्थापना भएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलपछि २०७८ साल साउन २८ गते कुलप्रसाद केसीले नेतृत्व लिनु भएको थियो । माननीय मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकार, नीजि सचिवालय, कर्मचारी, कार्यालय सहयोगी, चालकहरु, संघ सस्थालाई समेत प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation