भालुवाङ महोत्सवमै ३३ जना दर्शकले गरे खुल्ला रक्तदान

भालुवाङ  आशाका किरण संस्थाले भालुवाङ महोत्सवमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङले फागुन १९ गते देखि चैत १ गते सम्म निमार्णाधिन बसपार्क भालुवाङमा आयोजना गरेको पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारी, पर्यटन तथा कृषि महोत्सवमा शनिवार आशाका किरण संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान जीवनदान भन्ने मूल नाराका साथ भएको रक्तदान कार्यक्रममा महोत्सव हेर्न आएका महिला, पुरुष गरी ३३ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्रमुख मनिसा चन्द ठकुरी, प्राविधिक सिमा वली र रेष्मा शर्माले सेवा दिएका थिए ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य आत्माराम पौडेलको प्रमुख तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation