मङ्लबार, कार्तिक १९, २०८२

चितवन–३ मा कांग्रेसका बागी कोइरालाले पाए माछा चुनाव चिह्न

चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेकपा एमालेले भने कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन । यसै क्षेत्रबाट कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसअघि उनले भरतपुर महानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला भुइँकटहर चुनाव चिह्न पाएका उनले अहिले भने सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation