मङ्लबार, माघ २१, २०८२

चाडपर्वको नाममा हुने बिकृती रोक्नु पर्दछ ; अध्यक्ष नेपाली

देउखुरी २० असोज । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले चाडपर्वको नाममा हुने बिकृतीलाइ रोक्नु पर्ने कुरा बताउनु भयो ।

चाडपर्वको नाममा महङ्गो खानु पर्ने, महङ्गो लगाउनु पर्ने, तडकभडक गर्नु पर्ने, जाडरक्सि र जुवातासलाइ बढवा दिनु पर्ने जस्ता बिकृत सस्कृतीलाइ निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

राष्ट्रिय जनमोर्चा गढवा गाउपालीकाले राखेको चाडपर्व मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले देशका युबाहरुको बिदेश पलायन प्रति चिन्ता प्रकट गर्दै युबाहरुमा देशभक्ति भाबना वृद्धि गर्नु पर्ने कुरा बताउनु भयो ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले हाम्रो देश धर्म निरपेक्ष भएको हुनाले सबै चाडपर्व र धर्म सस्कृतिलाइ समान रुपले लिनु पर्ने कुरा बताउनु भयो । उहाले अगाडी भन्नु भयो राष्ट्रिय जनमोर्चा निरन्तर धर्म निरपेक्षताको पक्षमा रहेको तर साम्राज्यवादीहरु साम्राज्यवादी उदेश्यको लागि र राजाबादीहरु राजतन्त्रको लागि धार्मिक कुरा गर्नु दु:खद भएको कुरा बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल युबक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दिनामणि आचार्य, अखिल नेपाल शिक्षक संघ का केन्द्रिय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिामा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल शिक्षक संघ जिल्ला सचिब ठाकुर खनाल, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका जिल्ला सदस्य चिन्ताप्रसाद पोख्रेल, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष चुनचुन के सि, अखिल (छैठौं)का जिल्ला सदस्य सस्कृती आचार्य, गढबा गापाका कार्यपालीका सदस्य सुर्य नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा जेष्ठ सदस्यहरु रुकमागत आचार्य, इस्वरी आचार्य, तिलकराम पोख्रेल, कासिराम यादब, धर्मराज पन्थी, धनेस्वर खनाल यसैगरी सरकारको पुर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको लागि नाम निकाल्नु भएका दिग्सन आचार्य, सुदिन भुसाल र असिम पोख्रेललाइ दोसल्ला र अबिर लगाइ सम्मान गरिएको थियोे । सम्मानित मध्यबाट दिग्सन आचार्य, सुदिन भुसाल र असिम पोख्रेलले सम्मान गरेकोमा खुसि प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

गाउँपालीका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कृष्ण खडकाले र संचालन चित्र एमसिले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation