शनिबार, असार २७, २०८३

स्काउट स्थापना दिवसको अवसरमा हाजिरिजबाफ प्रतियोगिता सम्पन्न

भालुबाङ ६ असार । नेपाल स्काउटको ७५औं स्काउट स्थापना दिवसको अवसरमा स्थानिय स्काउट राप्तीको आयोजना र लिटिल एन्जल्स स्काउट टुपको ब्यबस्थापनमा शुक्रबार लिटिल एन्जल्स स्काउट ट्रुप भालुबाङमा अन्तर पालिका स्तरिय हाजिरिजबाफ प्रतियोगिता सम्पन्न भएको छ ।

राप्ती,गढवा गाउँपालिका,लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका स्काउट ट्रुपहरु सहभागी कार्यक्रम लिटिल एन्जल्स स्काउट समितिका संरक्षक बाबुराम थापा क्षेत्रीको अध्यक्षता स्थानिय स्काउट समिती राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छबिलाल कडेलको प्रमुख आतिथ्यता, स्थानिय स्काउट समिती गढवा गापाका प्रमुख आयुक्त इस्वरा कुमारी पाठक तथा एडभान्स स्काउट मास्टर कमला लम्सालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे ।

प्रतियोगितामा ४ पालिकाका १८ वटा विद्यालयका स्काउट ट्र्पले भाग लिएका थिए ।

प्रतियोगितामा गंगा माध्यमिक विद्यालय रामपुर घोराही प्रथम,आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दोस्रो, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ तेस्रो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा सहभागी तथा विभिन्न स्थान ल्याउन सफल विद्यालय,स्काउट शिक्षक ,स्काउट विद्यार्थीहरुलाइ पुरस्कृत तथा सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation