मङ्लबार, माघ २१, २०८२

माओवादी केन्द्र राप्ती ५ को अध्यक्षमा चाैधरी निर्विरोध

भालुबाङ २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ५ को तेस्रो अधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर चाैधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा लिला गाहा मगर, सचिव मनाेज दर्लामी मगर ,सह-सचिव सन्तोष चाैधरी र कोषाध्यक्षमा सुरेन्द्र थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा शरद चाैधरी, पविदेवि दर्लामी, पन्थ बहादुर पुजाली, खेतुलाल गाहा मगर, पिम बहादुर विक, कृष्ण बहादुर पुजाली, देविसरा थापा मगर, मालती चाैधरी, झपिन्द्र थापा मगर र शान्तराज बुढा मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

वडा कमिटीका अध्यक्ष गरिबु चौधरीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्यौपाने(सागर)काे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य चित्र बहादुर थापा मगर (सूर्यप्रकाश), गाउँ कमिटीका उपाध्यक्ष रण बहादुर पुजाली (राजेन्द्र), सह-सचिव भगवता शर्मा, जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुकाे उल्लेख सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation