बुधबार, कार्तिक २०, २०८२

रोटरी क्लव राप्तीद्धारा दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न विद्यालयलाई सहयोग

देउखुरी १४ पौष । दाङ देउखुरीको राप्ती गाउँपालिका ३ को एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको दिवा खाजालाई व्यवस्थित गर्न पकाउने भाडाकुडाहरु हस्तान्तरण गरिएको छ ।

रोटरी क्लव अफ राप्तीले राप्ती गाउँपालिका ३ मा अवस्थित वि. पि. आधारभूत विद्यालय बसन्तपुरमा अध्ययनरत विद्यार्थीको दिजा खाजा कार्यक्रमलाई व्यवस्थित गर्न पकाउने भाडाकुुडा हस्तान्तरण गरेको हो । विद्यालयलाई जंकफुड रहित बनाउनुको साथै साना नानी बाबुहरुको स्वास्थ्यलाई ख्यालराखी दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्न भाडाकुडा हस्तान्तरण गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष तपराज आचार्यले बताए ।

विद्यालयका प्रध्यानाध्यापक जिवराज शर्माले रोटरी क्लव भावनात्मक रुपमा जोडिएर दिवा खाजा कार्यक्रमलाई सहयोग गर्दै विद्यार्थीको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा टेवा पुर्याउदै सहयोग गरेकोमा रोटरी क्लव अफ राप्तीलाई धन्यवाद दिए ।

रोटरी क्लव अफ राप्तीका अध्यक्ष तपराज आचार्यको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिकी सदस्य सरस्वता विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रोटरी क्लवका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निर्वाचित अध्यक्ष गोपाल आचार्य, पब्लिक इमेज चेयर दोर्ण आचार्य र सदस्य मोहन आचार्यको उपस्थिती रहेको थियो ।

विद्यालयलाई सहयोग गरेको भन्दै रोटरी क्लव अफ राप्तीलाई विद्यालयले सम्मानपत्रका साथ सम्मानसमेत गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation