मङ्लबार, माघ २१, २०८२

भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट

भालुबाङ ६ माघ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाजको निर्माण सम्भव हुने बताउनुभएको छ ।

आइतबार गाउँपालिकाको वडा नम्बर ४ जनकपुर मौरीघाटमा पितृ तथा गौ संरक्षण सेवाका लागि सञ्चालित “श्रीमद् भागवत सप्ताह भक्ती ज्ञान सागर महायज्ञ २०८१” को उद्घाटन समारोहमा बोल्दै उहाँले समाजमा दुवै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष विष्टले भन्नुभयो, “भौतिक विकासले समाजलाई उन्नत बनाउँछ भने आध्यात्मिक चेतनाले मानिसको आन्तरिक शुद्धता र नैतिकतामा सुधार ल्याउँछ । यी दुवै पक्षलाई एकसाथ अघि बढाउन सकेमा मात्र सभ्य र समृद्ध समाजको निर्माण हुन सक्छ ।”

जंगालु चाैधरी एवं श्रीमती रामपति चौधरी त्यसैगरी छोरा बुहारी विष्णुप्रसाद चौधरी र कुसमानी चाैधरी एवं समस्त चाैधरी परिवारकाे आयोजनामा सञ्चालित भक्ती ज्ञान सागर महायज्ञ उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,प्रमुख कथा वाचक सन्त श्री कृष्णराणदास महाराज,ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग तथा प्रशिक्षण सेवा शाखा राप्ती १ पारवापानीका प्रमुख यमुना दिदी,प्रवक्ता माधव तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आयोजकका विष्णुप्रसाद चौधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यता एवं प्रमुख कथा वाचक सन्त श्री कृष्णराणदास महाराजकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चाैधरी,इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी,जनकपुर टाेल विकास संस्थाका अध्यक्ष चित्रम चाैधरी, कथा उपवाचक महेश गौतम, सञ्चारकर्मीहरु लगायत भक्तजन तथा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रमकाे सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गर्नु भएको थियो ।

कार्यक्रम शुरु हुनु पूर्व भक्तजनहरु द्वारा कलश यात्रा समेत निकालिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation